अमेरिकी डलरको भाउ बढ्दा युरो घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० माघ १० गते, २३ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

अमेरिकी डलरको खरिदबिक्री मूल्य बुधबार बढेको छ । यस दिन १ डलरको खरिदमूल्य १३२.७५ र बिक्रीमूल्य १३३.३५ पुगेको छ । शनिबारयता मंगलबारसम्म खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँमा स्थिर रहेको डलरको भाउ आज बढेको हो । 

Advertisement

त्यसैगरी युरो भने घटेको छ । अघिल्लो दिन १ युरोबराबर खरिदमूल्य १४४.३३ र बिक्रीदर १४४.९९ कायम भएकामा बुधबार खरिदमूल्य १४४.२१ र बिक्रीमूल्य १४४.८६ पुगेको छ । 

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६८.६५ र बिक्रीमूल्य १६९.४१ तोकिएको छ भने स्विस फ्रांक १ को खरिदमूल्य १५२.७१ रुपियाँ र बिक्रीमूल्य १५३.४० रुपियाँ कायम गरिएको छ । 

त्यसैगरी अस्ट्रेलियन १ डलरको खरिदमूल्य ८७.३२ र बिक्रीमूल्य ८७.७१ रुपियाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिदमूल्य ९८.४८ र बिक्रीमूल्य ९८.९२ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 
यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९९.०२ र बिक्रीमूल्य ९९.४७ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ८.९७ र बिक्रीमूल्य ९.०१ रुपियाँ चिनियाँ युआन १ को खरिदमूल्य १८.५१ र बिक्रीमूल्य १८.६० रुपियाँ तोकिएको छ । साउदी अरबियन रियाल १ को खरिदमूल्य ३५.४० र बिक्रीमूल्य ३५.५६ रुपियाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.४१ र बिक्रीमूल्य ३६.५८ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७१ र बिक्रीमूल्य ३.७३ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१४ र बिक्री ३६.३१ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.०८ र बिक्री २८.२१ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९२ र बिक्री ९.९६ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.७० र बिक्री १२.७५ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३४ र बिक्रीमूल्य १९.४२ रुपियाँ रहेको छ । 

बुधबारका लागि हङकङ डलर १ को खरिददर १६.९७ र बिक्रीदर १७.०५ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३१.२७ र बिक्रीदर ४३३.२२ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिदमूल्य ३५२.१७ र बिक्री ३५३.७६ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement