भुक्तानी बाँकी रहेको रकम दाबी गर्न नेपाल टेलिकमको आग्रह

Advertisement

काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि भुक्तानी नगरिएका विभिन्न पाँच कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । टेलिकमले एक सूचनामार्फत ५ वर्षअघि भुक्तानी नगरेका कम्पनीलाई भुक्तानी गरिने जनाएको छ ।

रकम दाबीका लागि टेलिकमले मल्टीसिस पिटिई, वाइसिओ, पाथवे टेक्नोलोजी एन्ड सर्भिसेज, टेक वान ग्लोबल नेपाल र एसिया इन्फो लिंकेज टेक्नोलोजिज कम्पनीलाई आग्रह गरेको हो ।

Advertisement

टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय जावलाखेलसँग हाल कारोबार नरहेका एवं विगत ५ वर्षभन्दा अघिदेखि भुक्तानी हुन बाँकी हिसाबमा देखिएको रकम फरफारक गर्नुपर्ने छ ।

आजका मितिले ३५ दिनभित्र लिनुपर्ने रकम सप्रमाणसहित दाबी पेस गर्न टेलिकमले आग्रह गरेको छ । 

तोकिएको अवधिमा रकम दाबी नभएमा उक्त रकम भविष्यमा भुक्तानी गर्न नसकिने बताइएको छ । 

undefined

Advertisement