सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहिबार भने घटेछ । चाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय घट्दा चाँदी प्रतितोला २० रुपियाँ बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement