एनसेल शेयर खरीद बिक्रीको काम अघि नबढाउन भन्दै उद्योग विभागलाई प्राधिकरणको पत्र

Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडको शेयर खरीद बिक्रीसम्बन्धी कुनै पनि काम अघि नबढाउन नेपाल दूरसञ्चार प्राधिकरणले उद्योग विभागलाई पत्र लेखेको छ । 

प्राधिकरणले प्रक्रिया नपुर्याई शेयर खरीद बिक्रीको काम सुरु गरेर्को भन्दै रोक्न पत्र पठाएको हो । औद्योगिक व्यावसाय ऐन अनुसार कम्पनीको शेयर स्वामित्व परिवर्तन भएको एक महिनाभित्र विभागलाई जानकारी दिनुपर्ने हुन्छ । 

Advertisement

कम्पनीले समयसिमाभित्र नै विभागलाई शेयर खरीद बिक्रीको जानकारी दिएको थियो । तर कम्पनीले जानकारी दिए पनि कुनै पनि काम अघि नबढाउन विभागलाई पत्राचार गरेको हो । 

विभागका एक कर्मचारीले भने, ‘एनसेलले विभागलाई शेयर पर्चेज एग्रिमेन्ट (एसपीए)को रिपोर्ट उपलब्ध गराईसकेको छ । तर फेरि प्राधिकरणले पनि पत्र पठाएकाले काम अघि बढेको छैन् ।’

एनसेलको मलेसियन लगानीकर्ता आजियताले रेनोल्ड होल्डिङमा रहेको आफ्नो सबै ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेपछि विवाद उत्पन्न भएको थियो । कम मूल्यमा नै कम्पनीको खरीद बिक्री भएको भन्दै शेयर खरीद बिक्री प्रक्रियामा आशंका भइरहेको छ । एनसेलले भने नेपालमा लगानीको वातावरण राम्रो नभएकाले आजियटाले लगानी फिर्ता लाने निर्णय गरेको भन्दै यसमा कुनै कर छली गर्ने नियत नरहेको दावी गर्दै आएको छ । 

एनसेलको शेयर खरीद बिक्रीबारे धेरै विवाद र आलोचना भएपछि सरकारले छानविन समिति बनाएको छ । सो समितिले प्रतिवेदन भने तयार पार्न बाँकी छ ।  

Advertisement

Advertisement