अमेरिकी डलर, युरो र पाउन्ड घट्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० माघ १२ गते, २६ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ घटेको छ । बिहीबार अमेरिकी १ डलरको खरिदमूल्य १३२.७५ र बिक्रीमूल्य १३३.३५ रहेकामा शुक्रबार खरिद १३२.६९ र बिक्री १३३.२९ रुपियाँ रहेको छ । 

Advertisement

त्यसैगरी युरो पनि भने घटेको छ । बिहीबार खरिदमूल्य १४४.६० र बिक्रीमूल्य १४५.२६ पुगेको डलर यस दिन खरिद १४४.४९ र बिक्री १४५.१४ कायम भएको छ । 

त्यस्तै, घट्ने सूचीमा पाउन्ड स्टर्लिङ पनि छ । यस दिन पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६८.८७ र बिक्री १६९.६३ तोकिएको छ । अघिल्लो दिन यस्तो खरिददर १६९.१४ र बिक्री १६९.९० रुपियाँ थियो । 

साथै, शुक्रबार स्विस फ्रांक १ को खरिद १५३.४३ रुपियाँ र बिक्रीमूल्य १५४.१२ रुपियाँ कायम गरिएको छ भने अस्ट्रेलियन १ डलरको खरिद ८७.४३ र बिक्रीमूल्य ८७.८२ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी, क्यानेडियन डलर १ को खरिद ९८.२५ र बिक्रीमूल्य ९८.६९ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९९.०३ र बिक्रीमूल्य ९९.४८ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ८.९९ र बिक्रीमूल्य ९.९९ रुपियाँ, चिनियाँ युआन १ को खरिद १८.५१ र बिक्रीमूल्य १८.५९ रुपियाँ तोकिएको छ । त्यस्तै, साउदी अरबियन रियाल १ को खरिद ३५.३८ र बिक्री ३५.५४ रुपियाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिद ३६.४१ र बिक्रीमूल्य ३६.५७ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७२ र बिक्रीमूल्य ३.७३ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१३ र बिक्री ३६.२९ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.०४ र बिक्री २८.१७ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९३ र बिक्री ९.९७ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.७३ र बिक्री १२.७८ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३८ र बिक्रीमूल्य १९.४७ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

शुक्रबारका लागि हङकङ डलर १ को खरिददर १६.९७ र बिक्रीदर १७.०५ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३१.३७ र बिक्रीदर ४३३.३२ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिद ३५१.९९ र बिक्री ३५३.५८ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement