विद्युतीय सवारीको आयात बढ्दा राजस्व घट्योः अर्थमन्त्री महत
फाइल तस्बिर

Advertisement

काठमाडौं ।  अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीको आयात बढ्दा राजस्व घटेको बताएका छ्न् । मन्त्री महतले पेट्रोलियम सवारीको आयात घट्दा भन्सार महसुलमा कमि आएको बताएका हुन् । 

भन्सार बिभागले आयोजना गरेको कार्यक्रममा मन्त्री महतले कर वृद्धि गर्न नयाँ क्षेत्रमा काम गर्नुपर्ने बताए । 

Advertisement

मन्त्री महतले भने, ‘ूराजस्व असुलीमा विद्युतीय सवारीको आयातले राजस्वमा गम्भीर असर गरेको छ, अब हामीले राजस्व बढाउने अन्य उपाय अपनाउनु पर्छ।’

भन्सार नाकामा भहिकल स्क्यानर राख्न भन्सार विभाग उदासिन देखिएको मन्त्री महतको भनाइ छ । वीरगंज भन्सारमा ल्याइएको भेहिकल स्क्यानर भन्सार  बिभागले नै प्रयोगमा नल्याएको मन्तृ महतले आरोप लगाए । 

मन्त्री महतले भने, ‘म वीरगंज भन्सार अनुगमनका लागि गएको थिएँ । मेसिन विग्रिएको अवस्थामा देखें, यो मेसिन बनाएर संचालन गर्न सकिँदैन भनी सोधेको थिएँ । उ बेलामा कर्मचारीले तालीम समेत लिएर आएका रहेछन् । तर विभागले नै नचाहादा प्रयोगमा आउन नसकेको भेटियो ।’ 

भन्सारका कर्मचारीले व्यक्तिगत लाभ लिने काम गर्न नहुने समेत बताए ।

Advertisement