सरकारले चोरी पैठारी र भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्व घटेको होः व्यावसायी

Advertisement

काठमाडौं । सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्न नसक्दा राजश्वमा कमी भएको व्यावसायीहरुले बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले भन्सार बिन्दुबाट नै अवैध कारोबार हुने गरे पनि सरकारले रोक्न नसकेको बताए । 

उनीहरुले भारतबाट दिनभर साइकलमा सामान ओसारपसार गर्ने, बेलुका ट्रकमा गाउँगाउँमा पुर्याउने प्रचलन रहेको तथ्य प्रस्तुत गर्दै व्यावसायीहरुले भन्सारमा आयातकर्ताको विवरण, उपभोग्य म्याद गुज्रिने अवधि आदि मापदण्ड पूरा नगरेका वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने भनिए पनि कार्यान्वयन फितलो भइरहेको बताए । 

Advertisement

राजश्व बढाउने नाममा नियमित कर तिर्दै आएका व्यावसायीमाथि थप व्ययभार थोपर्ने भन्दा पनि चौरी पैठारी नियन्त्रणमा सरकार लाग्नुपर्ने बताउँदै उनीहरुले सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी रोक्न सके राजश्व वृद्धि स्वतः हुने बताएका थिए । यस बर्ष पनि लक्ष्यअनुसार राजश्व नउठेका कारण सरकार निकै दबाबमा रहेको छ । आजको कार्यक्रममा सहभागी अर्थमन्त्रीले सो तथ्यलाई स्वीकार गरेका थिए । 

व्यवसायीहरुले भन्सारमा सहजता बनाउनको लागि भन्सार प्रणालीलाई पूर्ण रुपमा डिजिटलाइज गर्न जरुरी रहेको बताएका थिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर भन्सार लिने प्रक्रिया खारेज गर्नुपर्ने बताए । 

उनले यसलाई खोरज गरी औपचारिक व्यावसायीक वातावरण बनाउन आग्रह गरे । मल्लले नेपालमा व्यावसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाई पूर्ण रुपमा डिजिटलाइज बनाएर राजश्वमा वृद्धि गर्न आवश्यक रहेको बताए । 

अर्थतन्त्र सवल बनाउन कर्जाको ब्याजदरलाई एकल अंकमा ल्याउन सरकारले पहल गर्नुपर्ने उनले बताए । मल्लले बैंकहरुमा रहेको ६ खर्ब भन्दा बढीको तरलतालाई चलायमान बनाउन घरजग्गा र शेयर कारोबारमा कायम रहेको जोखिम भार १२५ लाई घटाएर सयमा ल्याउन आवश्यक रहेको बताए । 

उनले भने, ‘भन्सार प्रणालीलाई व्यवस्थित गर्नको लागि कारोबार मूल्यलाई मान्यता दिएर विगतमा झनझटिलो मूल्यमा भन्सार लिने गरिएको छ । यसलाई खोरज गरी औपचारिक व्यवसायिक वातावरण बनाउन आग्रह गर्न चाहान्छु । नेपालमा व्यावसायिक गतिविधि आधुनिक र प्राविधिमैत्री बन्दै भएकाले भन्सार प्रशासनलाई डिजिट बनाएर राजश्वमा वृद्धि गर्नुपर्छ । पछिल्लो समय अर्थतन्त्र सकारात्मक बनेको छ । अर्थतन्त्रलाई अझ सुदृढ र सवल बनाउनको लागि कर्जा प्रवाहको ब्याजदर डब्बल डिजिटमा छ त्यसलाई सिङ्गल डिजिटमा ल्याउनसके उद्योग व्यवसायीहरुलाई सहजता हुने छ । बैंकहरुमा ६ खर्ब भन्दा बढी तरलता रहेको छ । चलायमान बनाएर राश्जव वृद्धिको लागि ५० लाख भन्दा बढी घरजग्गा र शेयर कारोबारमा जोखिम भार १५० बाट १२५ बनाएको छ त्यसलाई १०० मा ल्याउन आवश्यक छ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले भन्सारबाट हुने अवैध कारोबारको कारण सरकारले राजश्व गुमाइरहेको बताए । उनले सरकारले भन्सारबाट हुने अवैध कारोबार रोक्ने विषयमा ध्यान दिनुपर्ने बताए । अग्रवालले भारतबाट मालवाहक सवारीहरु खाली फर्कन ७२ घण्टा र नेपालबाट सामान लिएर फर्कंदा थप ४८ घण्टामा भन्सारमा कुनै शुल्क नलाग्ने व्यवस्था गर्न पनि माग गरे । 

नेपालमा सामान लिन आउने सवारी साधनलाई दुई दिनसम्म शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । अग्रवालले भारतबाट नेपालमा सामान लिएर आउने मालवाहक सवारी साधनहरुलाई फिर्ता जान ७२ घण्टाको भन्दा बढी समय नेपालमा बस्नुपर्दा प्रतिदिन २ हजारका दरले थप शुल्क लाग्ने प्रावधान रहेको बताए । 

उनले भारतबाट खाली सवारी साधन मगाउँदा प्रतिदिन दुई हजार पाँच सयका दरले भन्सार शुल्क लिने प्रावधानले नेपालबाट निर्यात हुने सिमेन्ट लगायत निर्यातजन्य वस्तुहरु महँगो हुन गई प्रतिष्पर्धी क्षमता गुमाइरहेको बताए । अग्रवालले आयातकर्ताको विवरण, उपभोग्य म्याद गुज्रिने अवधि लगायतका मापदण्ड पूरा नगरेका वस्तुहरु आयात भइरहेकोमा यस्ता वस्तुहरु भन्सार बिन्दुमा नै रोक लगाउने व्यवस्था लागू भए पनि प्राभावकारी कार्यान्वयन नभएको बताए । 

आयात हुने वस्तुहरुको लेभलिङ लगाएको वा नलगाएको भन्नेबारे भन्सार बिन्दुमा जाँच गर्न आवश्यक रहेको उनले बताए । अग्रवालले भारतबाट अवैध कारोबार हुनुमा १३ प्रतिशतको भ्याटको कारण भएको बताए । 

Advertisement

Advertisement