प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा प्रसाइँ नियुक्त, मंगलबारदेखि कार्यभार सम्हाल्ने

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफको निमित्त सीईओमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । 

कम्पनीका सीईओ रमेशकुमार भट्टराईले दिएको राजीनामा फागुन १ गतेदेखि लागू हुने गरी माघ १० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । 

Advertisement

सीईओ भट्टराई माघ १६ गतेदेखि २९ गतेसम्म स्वीकृति बिदामा बस्ने हुँदा प्रसाईँलाई निमित्त सीईओ नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव किशोर लामिछानेले जनाएका छन् । 

हाल वरिष्ठ नायब सीईओका रुपमा कार्यरत प्रसाईँले माघ १६ गते मंगलबारदेखि निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने छन् । 
undefined

Advertisement