नेकोले सम्पन्न गर्यो २८औं वार्षिक साधारणसभा, पाँच सञ्चालक निर्वाचित, लाभांश भने शुन्य

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले २८ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, आयव्यय विवरण पारित गरेको छ । 

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट दुई जना र साधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालक पनि निर्वाचित गरेको छ ।

Advertisement

संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश निरौला, प्रताप सुवेदी तथा साधारण शेयरधनीहरुको तर्फबाट भरत अधिकारी, भानुभक्त पोखरेल र डा. नीलिमा श्रेष्ठ चयन भएका छन् । 

साधारण सभापछि बसेको कम्पनीको सञ्चालक समिति बैठकले रमेश निरौलालाई समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीले लाभांश वितरण गर्न नसक्दा सोसम्वन्धी प्रस्ताव भने सभामा आएन् ।  

Advertisement