कृषि क्षेत्रको प्रगति प्रविधिमार्फत मात्रै सम्भव छः कृषिमन्त्री भुसाल

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले प्रविधिमार्फत नै कृषि क्षेत्रको प्रगति गर्न सकिने बताएका छन् । 

शुक्रवारबाट शुरु भएको तीन दिने कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ मेलाको उद्घाटन गर्दै उनले प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुने इतिहास रहेको बताए । 

Advertisement

भुसालले नेपालले कृषि उत्पादनमा वृद्धि गर्नुपर्ने बेला भइसकेको भन्दै सरकारले कृषि उत्पादनलाई अझ बढाउने गरी काम गरिरहेको बताए । उनले उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्ने र लागत खर्च घटाउनुपर्ने बताए । भुसालले कृषिमा अबका दिन यान्त्रीकरणको महत्व बढ्दै गइरहेको बताए । 

उनले भने, ‘कृषिमा प्रगति हुने नै प्रविधिको विकासमार्फत हो । आजसम्मको हामीले ढुंगे युगदेखि अहिले आएर जुन खालका अटोमेटिक मेसिनहरुको प्रयोग भएको छ, यो इतिहासलाई हेर्दा यही देखिन्छ । प्रविधिको विकासमार्फत कृषि क्षेत्रमा प्रगति हुन्छ । हामीले कृषि उत्पादनमा वृद्धि गर्नु नै पर्नेछ । अत्यन्तै मेहनताका साथ हामी त्यो गर्न चाहन्छाँै । उत्पादन वृद्धि गर्नका निम्ति उत्पादकत्व वृद्धि गर्नुपर्छ । लागत खर्च घटाउनुपर्छ । त्यसका निम्ति यान्त्रीकरणको ठूलो महत्व छ । आधुनिक प्रविधिको पनि धेरै ठूलो महत्व छ । यी दुवै कामका निम्ति यो प्रदर्शनीले योगदान गर्नेछ भन्ने मलाई लाग्दछ ।’

कृषि मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानहरु ठगिने कुरालाई रोक्न जरुरी रहेको बताए । उनले व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण किसानहरु ठगिने गरेको बताए । पौडेलले कृषि यान्त्रीकरणलाई इमान्दार रुपमा कृषकसमक्ष पुर्याउन जरुरी रहेको बताए । 

उनले भने, ‘अहिले किसानहरु पनि ठगिने अवस्था आइरहेको हामीले देखिरहेका छौँ । अहिले हाम्रो अस्वस्थ प्रतिष्पर्धा भइरहको छ । इम्पोर्ट र डेलिभरी गर्ने र किसानलाई कतिपय ठाउँमा भिडाउने, कतिपय ठाउँमा हाम्रै सरकारी संयन्त्रहरुमार्फत गरेका कुरामा पनि ओभरसाइड एजेन्सीहरुले त्यसमा कैफियतहरु देखाएर कतिपय हाम्रो साथीहरुलाई पनि अफ्ठ्यारो परिरहेको अवस्था छ । त्यसकारण यो अस्वस्थ प्रतिष्पर्धा पनि उद्योगी, सप्लायर्सबाट हुने गरेको छ । यो कुरा हामीले बिस्तारै हटाउनुपर्छ । हामीले एग्रिकल्चर मेकनाइजेसनको सन्दर्भमा अलिकति इमान्दार तरिकाले अघि बढौँ । यसलाई पैmल्याउन आवश्यक छ । बजेटमा अनुदानका कुराहरु बढाउन र यसलाई व्यवस्थित तरिकाले अघि लैजानसक्यौँ भने किसानमाझ धेरै प्रश्तुत गर्न सक्थ्यौँ ।’

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको कृषिसम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १४ गते आईतवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहेका छन् । विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल मेला रहेको छ । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिंचाई, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । 

Advertisement

Advertisement