रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपिओमा बोलपत्र आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ । माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत बिक्री खुला गरेको कम्पनीको आइपिओमा योग्य संस्थागत लगानीकर्ताले आज माघ १४ गतेसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपियाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक बिल्डिङमार्फत बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयरको न्यूनतम मूल्य ६०८ रुपियाँदेखि अधिकतम ९१२ रुपियाँ तोकिएको छ ।

Advertisement

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ता सहभागी गराई बिक्री मूल्यको सीमा भित्र रही बोलकबोलमार्फत शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ । लगानीकर्ताले नेप्सेको कार्यालयमा गई आज कार्यालय समयसम्म गोप्य बोलपत्र पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।
 

Advertisement