अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो र पाउन्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० माघ १५ गते, २९ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । 

यस दिन अमेरिकी डलर १ को खरिद दर १३२.६९ र बिक्री दर १३३.२९ छ । अघिल्ला दुई दिन (शनिबार र आइतबार) पनि सोही दर थियो । 

Advertisement

त्यसैगरी आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । यस दिन युरो १ को खरिद दर १४४.०२ र बिक्री दर १४४.६७ तोकिएको छ । आइतबार भने खरिद १४४.२९ र बिक्री १४४.९४ निर्धारण गरिएको थियो । 

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.५६ र बिक्री दर १६९.३२ निर्धारण गरिएकामा अघिल्लो दिन खरिद १६९.०९ र बिक्री १६९.८५ थियो । 

साथै, सोमबार स्विस फ्रांक १ को खरिद दर १५३.४८ रुपियाँ र बिक्री दर १५४.१७ रुपियाँ छ भने अस्ट्रेलियन १ डलरको खरिद ८७.२४ र बिक्री ८७.६४ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी, क्यानेडियन डलर १ को खरिद दर ९८.६४ र बिक्री दर ९९.०९ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९८.९३ र बिक्रीमूल्य ९९.३८ रुपियाँ, जापानिज येन १० को खरिद ८.९५ र बिक्री ९ रुपियाँ, चिनियाँ युआन १ को खरिद १८.४९ र बिक्री १८.५७ रुपियाँ तोकिएको छ । त्यस्तै, साउदी अरबियन रियाल १ को खरिद दर ३५.३८ र बिक्री ३५.५४ रुपियाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिद दर ३६.३९ र बिक्री दर ३६.५६ रुपियाँ, थाई भाट १ को खरिद दर ३.७२ र बिक्री दर ३.७४ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१३ र बिक्री ३६.२९ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिद दर २८.०७ र बिक्री दर २८.१९ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९२ र बिक्री ९.९७ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद दर १२.७० र बिक्री १२.७६ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३२ र बिक्रीमूल्य १९.४१ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

सोबारका लागि हङकङ डलर १ को खरिद दर १६.९८ र बिक्री दर १७.०६ रुपियाँ, कुबेती दिनार १ को खरिद दर ४३१.३६ र बिक्री दर ४३३.३१ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिद ३५१.९६ र बिक्री ३५३.५५ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement