सार्वजनिक खरिद अनुगमनकाे कालोसूचीमा २२ कम्पनी (सूचीसहित)

Advertisement

काठमाडौं । विभिन्न २२ वटा कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती २२ कम्पनीलाई कालोसूचीमा राखेको हाे । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजैका मितिदेखि लागू हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको बताइएको छ ।

कालोसूचीमा पर्नेमा लोहनी एन्ड ब्रदर्स प्रालि चितवन, जेके बिल्डर्स, बाँके, शर्मिला निर्माण सेवा, कालिकोट, ओम गौरीशंकर इन्फ्रास्ट्रक्चर, काठमाडौं रहेका छन् । 

Advertisement

त्यस्तै, देवी रमण कन्ट्रक्सन कम्पनी, ललितपुर, खड्गदेवी कन्स्ट्रक्सन, तनहुँ, गजुरमुखी निर्माण कम्पनी, इलाम नव बिल्डर्स प्रालि, धनुषा, एसबिएम इन्जिनियरिङ एसोसियट्स, काठमाडौं, खड्गदेवी कन्स्ट्रक्सन (पुनः) पनि सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा परेका छन् । 

साथसाथै, शिवालय बिल्डर्स, मकवानपुर, न्यु नेहा इन्टरप्राइजेज, काठमाडौं, एमएस बेहादाबाबा निर्माण सेवा, कैलाली, पाँचखाल कन्स्ट्रक्सन, काठमाडौं र न्यु भेरी इन्जियिरिङ वर्कसप, सुर्खेत पनि कालोसूचीमा छन् ।

त्यस्तै, आयुष एन्ड अनुष कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तनहुँ, खड्देवी कन्स्ट्रक्सन, तनहुँ, अनुपमा निर्माण सेवा, गोरखा, अन्नपूर्ण निर्माण सेवा, गोरखा, लक्ष्मी कन्स्ट्रक्सन, गोरखा, शारदा कन्स्ट्रक्सन कम्पनी, पर्सा, त्रिवेणी निर्माण सेवा, कास्की पनि सार्वजनिक खरिदको कालोसूचीमा छन् ।

उल्लिखित २२ कम्पनीमध्ये चारवटालाई तीन वर्ष, एउटालाई साढे दुई वर्ष, चारवटालाई दुई वर्ष, पाँचवटालाई डेढ वर्ष र बाँकी आठवटा कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको छ । 

कालोसूचीमा राखिएको अवधिभर उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । 

undefined

Advertisement