अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० माघ १६ गते, ३० जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी १ डलरको खरिद दर १३२.७२ रुपियाँ तोकिएको छ भने बिक्री दर १३३.३२ रुपियाँ तोकिएको छ । जुन हिजो (सोमबार) खरिद दर १३२.६९ र बिक्री दर १३३.२९ रुपियाँ थियो । 

त्यसैगरी आज युरोपियन युरो १ को खरिद दर १४३.५९ र बिक्री दर १४४.२४ तोकिएकामा अघिल्लो दिन खरिद १४४.०२ र बिक्री १४४.६७ तोकिएको थियो । 

Advertisement

त्यस्तै, आज बेलायती पाउन्ड स्टर्लिङ भने बढेको छ । यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.५७ र बिक्री दर १६९.३३ तोकिएको छ । जुन अघिल्लो दिन क्रमशः खरिद १६८.५६ र बिक्री १६९.३२ थियो । 

साथै, मंगलबार स्विस फ्रांक १ को खरिद दर १५३.७९ रुपियाँ र बिक्री दर १५४.४८ रुपियाँ छ भने अस्ट्रेलियन १ डलरको खरिद ८७.६२ र बिक्री ८८.०२ रुपियाँ निर्धारण गरिएको छ । त्यसैगरी, क्यानेडियन डलर १ को खरिद दर ९८.८० र बिक्री दर ९९.२४ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९८.९२ र बिक्रीमूल्य ९९.३६ रुपियाँ, जापानिज येन १० को खरिद ८.९८ र बिक्री ९.०२ रुपियाँ, चिनियाँ युआन १ को खरिद १८.४८ र बिक्री १८.५६ रुपियाँ तोकिएको छ । त्यस्तै, साउदी अरबियन रियाल १ को खरिद दर ३५.३९ र बिक्री ३५.५५ रुपियाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिद दर ३६.४० र बिक्री दर ३६.५७ रुपियाँ, थाई भाट १ को खरिद दर ३.७३ र बिक्री दर ३.७५ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१३ र बिक्री ३६.३० रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिद दर २८.०४ र बिक्री दर २८.१६ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९३ र बिक्री ९.९७ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद दर १२.६७ र बिक्री १२.७२ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.२६ र बिक्रीमूल्य १९.३५ रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

मंगलबारका लागि हङकङ डलर १ को खरिद दर १६.९९ र बिक्री दर १७.०६ रुपियाँ, कुबेती दिनार १ को खरिद दर ४३१.३६ र बिक्री दर ४३३.२८ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिद ३५२.०५ र बिक्री ३५३.६४ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement