भारतको विदेशी मुद्रा सञ्चिति घट्यो

Advertisement

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति घटेको छ । भारतीय केन्द्रीय बैंक (आरबिआई) को पछिल्लो तथ्यांकअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ अर्ब अमेरिकी डलरले घटेर ६१६.१४३ अर्ब डलर पुगेको छ । 

त्यस्तै, सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पत्ति २ अर्ब ६५३ करोड डलर घटेर ५४५.८५ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । 

Advertisement

जनवरी १२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १ अर्ब ६३४ अर्ब डलर बढेर ६१८.९३७ अर्ब डलर पुगेको थियो । 

सन् ०२३ मा भारतको विदेशी मुद्रा सञ्चितिमा झन्डै ५८ अर्ब डलर थपिएको थियो भने २०२२ मा देशको विदेशी मुद्रा सञ्चिति ७१ अर्ब डलरले घटेको थियो ।

Advertisement