सशस्त्र प्रहरीद्वारा ३६ लाख बढीको कस्मेटिक सामान र जुत्ता बरामद

Advertisement

काठमाडौं । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भूटनदेवी मन्दिर नजिकैबाट सशस्त्र प्रहरीले आज करीव ३६ लाख ४० हजार रुपियाँ  बराबरको कस्मेटिक सामान र जुत्ता बरामद गरेको  छ ।

भारतबाट अवैध रुपले साईकलहरुमा राखी ल्याउँदै गरेको कस्मेटिक सामान र जुत्ता प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले बरामद गरेको हो ।

Advertisement

उक्त सामान ल्याउने व्यक्तिहरु भने फरार भएका थिए । बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको शसस्त्र प्रहरीले जनाएको छ ।

undefined

Advertisement

Advertisement