मालपोतका तत्कालीन अधिकृत बिरुद्ध अख्तियारद्वारा मुद्दा दायर

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।
      
अभियुक्त भट्टराईउपर बिगो रु चार करोड ४० लाख १५ हजार नौसय २९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरेको हो ।

Advertisement

Advertisement

Advertisement