टर्कीले पर्यटन क्षेत्रबाट सन् २०२३ मा कमायो ५४.३ बिलियन डलर

Advertisement

काठमाडौं । टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ । संस्कृति तथा पर्यटनमन्त्रीले बुधवार यसबारेमा जानकारी गराए । 

सन् २०२३ मा टर्कीमा ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।

Advertisement

सन् २०२३ मा टर्की रुसी पर्यटकहरुको लागि सबैभन्दा लोकप्रिय गन्तव्य थियो । त्यसपछि जर्मन आगन्तुकहरू रहेको ती मन्त्रीले बताएका छन् । 

उनले हाल विशेषगरी उत्तर अमेरिका, क्यानडा, चीन, भारत र अष्ट्रेलियाबाट थप आगन्तुकहरूलाई आकर्षित गर्न अध्ययनहरू भइरहेको छ । सन् २०२३ मा ९९ डलर रहेको पर्यटकहरुको औसत खर्च यस वर्ष प्रतिपर्यटक १०६ डलर पुग्ने अनुमान गरिएको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement