गैरआवासीय नेपालीहरुले सञ्चालनमा ल्याएको ‘ई–क्याब’ राइड सेयरिङको बजार विस्तार हुँदै

Advertisement

काठमाडौं । विगत दुई वर्षअघिदेखि सञ्चालनमा आएको ई–क्याब राइड सेवाले आफ्नो बजार विस्तार गर्दै लगेको छ । 

राइड सेयरिङमा यात्रुहरुलाई सहजता प्रदान गर्दै आएको यो कम्पनीमा गैरआवासीय नेपाली (एनआरएन)हरुको लगानी रहेको छ । यसको सञ्चालकहरुमा सन्तोष मण्डल, दीपक श्रेष्ठ, रोवर्ट विश्वकर्मा र सबिन महर्जन छन् ।

Advertisement

मण्डलले नेपालमा पछिल्लो समय ‘इ–क्याब’को आवश्यकता झनै बढ्दै गएको बताए । बेलायतमा रहेका उनले कर्पोरेट नेपालसँग भने, ‘नेपालमा भाडादरमा रहेको असमानता र अनिमियतता रोक्दै समान भाडादर कायम गर्न, यात्रुहरुलाई सुरक्षित यात्रा गराउन, दुर्घटनाको जोखिम कम गर्न पनि राइड सेयरिङ एप पछिल्लो समय निकै भरपर्दो मानिदै आएको छ । सोही सन्दर्भमा ‘इ–क्याब’को पनि आवश्यकता झनै बढ्दै गएको छ ।’ 

यो कम्पनीले यात्रुहरुलाई सरल र सस्तो मूल्यमा ट्याक्सी सेवा दिँदै आएको छ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो दुई वर्षअघि उक्त सेवाको शुभारम्भ गरेका थिए ।

कम्पनीका अध्यक्ष श्रेष्ठले नेपालमा क्यूआर कोडसहितको पहिलो एप सञ्चालनमा ल्याइएकाले ग्राहकहरुले डिजिटल भुक्तानी अथवा सिधै नगदमार्फत भाडा बुझाउनसक्ने व्यवस्था गरिएको बताए । 

नेपालमा नौलो अभ्यास सञ्चालनमा ल्याए पछि आफूहरुले यात्रुहरुको मन जित्न सफल हुँदै गएको बताउँदै उनले यात्रुहरुले आफ्नो सुरक्षाका लागि राइड भेरिफिकेसन कोड राख्ने सुविधा पाएको बताए ।

‘इ–क्याब’मा ग्राहकका परिवार तथा नजिकका नातेदारहरुले ई–मेल वा एसएसमेसबाटै यात्रुको गन्तव्यबारे तत्काल जानकारी पाउनसक्छन् । 

Advertisement

Advertisement