सबैभन्दा बढी क्रिकेटलाई दिने

आउँदो आवमा अरु क्षेत्रको बजेट घटाएर भएपनि खेलकुदमा बजेट बढाउँछुः अर्थमन्त्री महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने बताएका छन् । शनिवार प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताएका हुन् । 

सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने बताउँदै महतले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको बताए । उनले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको बताए । 

Advertisement

महतले भने, ‘क्रिकेटलाई थप प्रोत्साहन गर्न हामी राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु पनि निर्माण गर्ने निर्णय नेपाल सरकारले गरेको छ । क्रिकेट खेलमा सहभागी खेलाडीहरुलाई पनि हामी अन्तर्राष्ट्रिय स्तरमा सहभागी खेलाडीहरु विभिन्न टुर्नामेण्टमा सफल खेलाडी र टिमलाई पनि हामी पुरस्कृत गर्दै आएका छौँ । आउने दिनमा पनि गर्दै जानेछौँ । नेपाल सरकारले आउने दिनमा खेलमा थप बजेट विनियोजन गर्छ । समग्रमा क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा नेपाललाई पहिचान गराउने महत्वपूर्ण विधा भएकाले त्यसमा पनि हामी खर्च बढाउँछौँ । सरकार मन्दीबाट बिस्तारै उत्रिन खौज्दैछ । श्रोत र साधनको सिमितता छ । माध धेरै छ, आवश्यकता धेरै छन् । अरु क्षेत्रको बजेट कम गरेर भएपनि हामी खेलकुद क्षेत्रमा आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख्य बजेट थप्छौँ । त्यसमा सबैभन्दा ज्यादा बजेट क्रिकेटमा प्रोत्साहन गर्न र अघि बढाउन खर्च गर्नेछौँ ।’

अर्थमन्त्री महतले सरकार आर्थिक मन्दीबाट बिस्तारै उठिरहेको दावी गरे । 

Advertisement

Advertisement