आलोकनगरमा महानगरले चलायो डोजर, गरिवहरुको बिचल्ली

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. ३१, अलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर लगाएर भत्काएको छ । 

महानगरले जोडर चलाउँदै अस्थायी टहरामा बस्दै आएका गरिवहरुको बिचल्ली भएको छ । खेलकुद पार्क बनाउने तयारी गरिएको उक्त सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउँदा भाडामा बस्दै आएका गरिवहरुको बिचल्ली भएको हो । 

Advertisement

महानगरले १४ वटा टहरा भत्काएको प्रहरीको भनाई छ । सो ठाउँमा बर्षौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा निर्माण गरेर मानिसहरु बस्ने र व्यवस्था गरिँदै आएको थियो जसलाई क्षेत्र क्षेत्रका साँसद प्रकाशमान सिंहले भोटका लागि संरक्षण गर्दै आएका थिए । 

Advertisement