नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाको आवेदन (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि २५ जनाले आवेदन दिएका छन् । 

अध्यक्ष पुरुषोत्तमले टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि पुस २४ गते राजीनामा दिए पछि उक्त पद खाली छ । 

Advertisement

यसैक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले गत माघ १४ गते अध्यक्ष पदका लागि आवेदन माग गरेको थियो । 

उक्त पदका लागि वर्तमान सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भुपेन्द्र भण्डारी, शाखा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पनि आवेदन दिएका छन् । 

त्यस्तै अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा अनिल झा, मैनेजरप्रसाद साह, रोहित रौनियार, देवनारायण यादव, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी, माधवप्रसाद रेग्मी, सागरनाथ उपाध्याय, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मीप्रसाद पण्डित, दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनाल छन् ।

यी मध्ये सचिव  सुवेदीको नेतृत्वको समितिले ३ जनाको नाम सिफारिस गरेर मन्त्रिपिरषदमा नियुक्तिका लागि सिफारिस गर्ने र तिनैमध्ये एक जना अध्यक्ष नियुक्त हुने छन् । 

Advertisement