राशिफलः आज (माघ २३ गते) तपाइँको पेशा, व्यावसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल माघ महिनाको २३ गते मंगलबार, माघ कृष्णपक्षको एकादशी तिथि । आज षट्तिला एकादशी रहेको छ । 

मेष
आम्दानीमा बृद्धि हुँदा आर्थिक अवस्था मजबुद बन्ने छ । पेशागत क्षेत्र सहज रहने छ । परिवारमा पनि कदर बढ्न जाने छ भने समाजबाट पनि मानसम्मान प्राप्त हुने छ । अस्पतालको खर्च बृद्धि हुने छ । यात्रामा जानु पर्ने हुन सक्छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

Advertisement

वृष
कल्पना र भावनात्मक पक्षले बढि स्थान लिने छ । सृजनशिलतामा बृद्धि हुने छ । नयाँ कामको शूरुवात गर्ने वा अध्ययन क्षेत्रमा प्रगति हुने छ । पेशागत क्षेत्र सहज रुपमा अघि बढ्ने छ । आम्दानी औसत रहने छ । परिवारमा बैमनश्यता रहने छ । शेयर क्षेत्र औसत रहने छ । 

मिथुन 
मनमा दोहोरो कुरा खेल्ने छ । अरुले गर्ने स–सानो आलोचनाले पनि मनमा धेरै खिन्नता सृजना गर्नाले लघुताभाष गराउने छ । आर्थिक हिसावले हेर्दा केही दबाब सृजना गर्ने छ छ । पेशागत जीवनमा धेरै जोखिम उठाउने भन्दा निरन्तरतालाई ध्यान दिनु नै उपयुक्त हुने छ । परिवारमा हुने किचलोका कारण आपसमा मनमुटाव रहने छ । शेयर क्षेत्रबाट आम्दानी बृद्धि हुने छ ।

कर्कट
मनोबलमा बृद्धि हुने छ तर बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले यसमा विचार गदा उपयुक्त हुने छ । पेशागत क्षेत्रमा हौसला प्राप्त हुने छ । परिवारमा अन्योलताको अवस्था आउने छ । एक अर्काप्रति अविश्वासको अवस्था देखा पर्ने छ । आर्थिक रुपमा केही चुनौतिपूर्ण समय रहेको छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् । 

सिंह
संयमित रहेर कदम चाल्नु उपयुक्त हुने छ । खासगरी बादबिबाद तथा झैझगडा र प्रशासनिक क्षेत्रमा धाउनु पर्ने अवस्था आउने जोखिम देखिन्छ । सामाजिक छवी र प्रतिष्ठामा गिरावट आउने छ । भाग्यहिनताका कारण कमजोर अवस्थाबाट गुज्रनु पर्ने छ । परिवारका सदस्यबाट साथ मिल्ने छैन् । शेयर क्षेत्र औसत खालको हुने छ ।

कन्या
रोमाञ्चक खालको यात्रा हुने छ । तर यात्रामा केही कठिनाईको सामना भने अवश्य गर्नु पर्ने छ । रमाईलो खालको स्वाभावले गर्दा साथिभाइको मन जित्न सकिने छ । योजना बनाए भन्दा खर्चमा बृद्धि हुने छ ।  आम्दानीमा केही बृद्धि हुन पुग्दा आर्थिक पक्ष भने सन्तुलित रहने छ । परिवारको मन जित्ने प्रयास गर्नु होला । शेयर क्षेत्रबाट मिल्न सक्ने छैन् ।

तुला
परिवारमा मधुरता आउने छ । स्वास्थ्य समस्याले च्याप्दा पेशागत कामहरु अवरुद्ध हुने छन् । खर्चहरु बढ्ने हुँदा आर्थिक रुपमा तनाव थपिने र ऋण लाग्ने देखिन्छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु नै उचित हुने छ । पेशागत जीवन सन्तुलन राख्न प्रयास गर्नु होला । शेयर क्षेत्रबाट लाभ हुने छ ।

वृश्चिक
सामाजिक रुपमा राम्रो छवि कायम हुने छ । जोखिमले भरिएका कामहरु गर्न मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ । अस्पतालहरुको खर्च भने बढ्न जाने छ भने अन्य खर्चहरु पनि बृद्धि हुने छन् । मित्रतामा केही कटुता देखा पर्ने छ भने अविश्वास उत्पन्न हुने छ । शेयर क्षेत्रबाट आँशिक लाभ मिल्ने छ । 

धनु 
समय प्रतिकुल खालको रहेकाले धैर्यतासाथ कदमहरु चाल्नु होला । मनोबलमा कमि आउने र मनमा लघुताभाषको अवस्था आउने छ । पेशागत क्षेत्रमा केही सुधार आउने छ भने सन्तुलनको आभाष हुने छ । जीवनसाथिको साथले कठिनाईलाई पार लगाउन मद्धत मिल्ने छ । शेयर बजारबाट भने लाभ मिल्ने छ । 

मकर 
नयाँ नयाँ स्थानको भ्रमणको अवसर पनि प्राप्त हुने छ । रङ्ग रमाईलोको वातावरण मिल्ने छ । बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । निर्णय क्षमतामा सुधार आउने भएकाले आफ्नो मनोबलमा सुर आउने छ । खर्चको मात्रा भने धेरै हुने छ । स्वास्थ्यका विषयमा भने सचेत रहनु नै वेस हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

कुम्भ 
समय उपयुक्त रहने नै देखिन्छ । आम्दानीमा बृद्धि भए तापनि त्यसको प्रतिफल भने न्युन नै हुन जाने छ । खर्चका मात्राहरु पन िबढ्न पुग्ने छन् । पेशागत क्षेत्र औसत प्रकृतिको हुने छ । परिवारमा मधुरताका क्रम देखा पर्ने छ । सामाजिक रुपमा भने सम्मान प्राप्त हुने छ । शेयर क्षेत्र औसत प्रकृतिको रहने छ ।

मीन
धर्म अध्यात्मप्रति निकै मन जाने छ । आँटिलो व्यक्तित्व हुने छ । प्राकृतिक कुराहरुप्रति आकर्षित हुने र त्यसबाट आनन्द लाग्ने हुने छ । आम्दानीमा धेरै बृद्धि नभए पनि गिरावट पनि हुने छैन् । पेशागत जीवन सन्तुलित रहने छ । अनावश्यक बादबिबादबाट जोगिनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement