६ महिनामा ३ हजार ३५ लागूऔषध कारोबारी पक्राउ
प्रतीकात्मक तस्बिर

Advertisement

काठमाडौं । बितेका ६ महिनामा ३ हजार ४५ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । 

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागूऔषध प्रयोगकर्ता, कारोबारी र लागूऔषधसम्बन्धी अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

Advertisement

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन् । यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । 

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । उनीहरूबाट आठ हजार तीन सय २० केजी गाँजा, चरेश तीन सय आठ केजी चरेस, १० केजी हेरोइन, २७ केजी अफिम र तीन केजी कोकिन सोही अवधिमा बरामद गरी नष्ट गरिएको समाचारकक्षले जनाएको छ । 

यसैबीच, पनौती नगरपालिका–५ आईटी पार्कस्थित सडकबाट दुई सय ८५ केजी अवैध गाँजासहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नुवाकोटको विदुर नगरपालिका–११ का बुद्धमान तामाङ, रामेछाप नगरपालिका–८ का २० वर्षीय सञ्जित तामाङ र ५३ वर्षीया विमला तामाङलाई पक्राउ गरिएको हो । आजै अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । 

चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७६ ग्रामसहित दुई जनालाई सोमबार दिउँसो मात्रै प्रहरीले पक्राउ गरेको छ । 

Advertisement

Advertisement