काठमाडौं । इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार नेम्वाङले तीन हजार हजार २४९ मत पाएका छन् भने यसअघि पहिलो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का झण्डै आठ सय मतले पछि परेका छन् । उनले दुई हजार २६९ मत पाएका छन् ।
त्यस्तै, पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७०३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ४३४ मत पाएका छन् ।