सुमेरु सहकारीको अर्बौं रकम हिनामिना गरी फरार रहेका अध्यक्षविरुद्ध रेड नोटिस

Advertisement

काठमाडौं । सहकारीको अर्बौं रकम हिनामिना गरी फरार रहेका ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ । ठगीसम्बन्धी कसूरका फरार प्रतिवादी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी पक्राउका लागि रेड नोटिस जारी भएको बताइएको छ ।

उनीविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपराध अनुसन्धान विभागको इन्टरपोल शाखालाई गत बिहीबार पत्राचार गरेको थियो । शुक्रबारका दिन इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको शाखाले जनाएको छ । 

Advertisement

फरार भएका उनीविरुद्ध बचतकर्ताहरुले सीआईबीमा उजुरी दिएका थिए । त्यस्तै, उनलाई इन्टरपोलमार्फत पक्रेर नेपाल ल्याउन र निक्षेपकर्ताको लगानी सुरक्षित गराउन बाग्मती प्रदेशको सहकारी विभागले समेत सीआईबीलाई पत्राचार गरेको थियो ।

महर्जन हिनामिना गरिएको करोडौं रुपियाँ लिएर लामो समयदेखि बेलायत बस्दै आएका छन् ।

Advertisement

Advertisement