राशिफलः आज (माघ २५) तपाइँको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल माघ महिनाको २५ गते बिहीबार, माघ कृष्णपक्षको त्रयोदशी तिथि उप्रान्त चतुर्दशी तिथि ।

मेष 
पारीवारिक जीवन तनावपूर्ण रहने छ । बोलीको प्रभावमा बृद्धि हुने छ तर मनको कुरा अरुलाई नभन्ने बानी पनि कायम रहने छ । हार्डवेयर, निर्माण सामग्री, फलामजन्य कारोवार, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । शेयर बजार औसत रहने छ ।

Advertisement

वृष
मनमा दोहोरो विचारहरु एकपछि अर्काे आउने हुँदा अन्योलता छाउने छ । व्यक्तित्वमा कमि आउने छ । मेहनत गरेर कमाएको रकम अनुत्पादक क्षेत्रमा फस्न जाने देखिएकाले सतर्क रहनु होला । अध्ययन अध्यापनमा जाने छैन् । पत्रकारिता, लेखक, बोलेर खाने पेशा, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय सकारात्मक रहेको छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

मिथुन 
आम्दानीमा सोचे जस्तो नभए तापनि धेरै कमजोर अवस्थाको पनि हुने छैन । पेशागत जीवनमा सकारात्मक सुधारहरु आउने छन् । परिवारमा मिलन र सहज वातावरण आउने छ । अध्यापन, शिक्षा क्षेत्र, स्टेसनरी, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक हुनेछ । 

कर्कट
आम्दानीमा केही बृद्धि देखिने छ । अरुले विश्वास प्राप्त हुन कठिनाई हुने छ । रिस कडा खालको देखा पर्ने भएकाले संयमित रहनु होला । ग्रिल उद्योग, विषादीको कारोवार, भाडाका सवारीसाधन, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई सकारात्मक हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ । 

सिंह
भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुन कठिन हुने छ । मनमा दृढताका क्रममा बढोत्तरी आउने छ । पेशागत जीवनमा सोचे जस्तो हुने छैन तर धेरै पनि बिग्रने छैन् । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

कन्या
आफ्नो लक्ष्य प्राप्तिमा होमिने व्यक्तित्व हुने छ । पेशागत जीवनमा बादबिबाद तथा कठिनाईबाट गज्रनु पर्ने चुनौति रहेकाले सतर्क रहनु नै ठिक हुने छ । धेरै उत्साही भई ठुला ठला जोखिमहरु मोलि हाल्नु भन्दा ठिक्क गतिमा चल्नु उपयुक्त हुनेछ । शिक्षण, अध्यापन, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई अनुकुल हुनेछ । शेयर क्षेत्र अनुकुल रहने छ ।

तुला
दृढ खालको व्यक्तित्व हुने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । पैतृक सम्पत्तिका विषयमा द्वन्द र चर्काचर्की हुने छ । मनमा भने दुविधाका क्रम धेरै बढ्ने छ ।सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, श्रम क्षेत्र, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल बन्ने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

वृश्चिक
पेशागत जीवनमा सुधार आउने छ । आम्दानी सोच जस्तो नभए पनि निराशाजन पनि हुने छैन् । साझेदारीमा गरिएका कामहरुमा भने बाधा अड्चनहरु आउने छन् । दृढ खालको व्यक्तित्व हुँदा कसैले पनि हेप्न भने सक्ने छैनन् । रिस भने नियन्त्रण गर्ने प्रयास गर्नु होला । शेयर क्षेत्र औसत खालको रहने छ ।

धनु 
भाग्यको साथ नभएका कारण कार्यसफलतामा कमि आउने छ । पेशागत क्षेत्र औसत खालको रहने छ । आफ्नो लक्ष्यप्रति केन्द्रीत हुन तिब्रता आउने छ । तर मनोबलमा कमि आउने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । शेयर क्षेत्र भने केही सकारात्मक हुने छ । 

मकर 
दाम्पत्य जीवनमा मिठास आउने छ । आम्दानीमा केही बृद्धि हुनेछ । परिवारमा द्वन्दको अवस्था आउने छ । बोलीको प्रभावकारितामा कमि आउने हुँदा यसबारेमा ध्यान दिनु उपयुक्त हुने छ । मनमा दुविधाले असाध्यै सताउने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । शेयर क्षेत्र सकारात्मक हुने छ । 

कुम्भ 
पेशागत जीवनमा हल्का सुधार आउने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । ज्ञानि स्वाभावको व्यक्तित्व हुने हुँदा अरुले कदर गर्ने छन् । परिवारमा किचलो हुने र द्वन्द उत्पन्न हुन जाने भएकाले मधुरतापूर्वक विषयवस्तुलाई सुल्झाउने प्रयास गर्नु उपयुक्त हुने छ । शेयर क्षेत्र सकारात्मक रहन जाने छ ।

मीन
पेशागत जीवनमा धेरै अनुकुलता नभए पनि धेरै प्रतिकुल अवस्था पनि रहने छैन् । साझेदारीमा गरिएका कामहरुमा भने उल्झन र कठिनाईहरु कायम नै रहने छन् । सुख सुविधाका साधन त्याग्नु पर्ने वा बञ्चित हुनु पर्ने देखिन्छ । जीवनसाथिको साथले प्रतिकुलतासँग जुध्न ठुलो तागत मिल्ने छ । शेयर बजार चुनौतिपूर्ण देखिन्छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)
 

Advertisement