आज घरेलु मैदानमा नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै

Advertisement

काठमाडौं । घरेलु मैदानमा आयोजित एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ ।

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा खेल्न लागेको हो । फेब्रुअरी मध्यदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृंखला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृंखला खेल्न लागेका हुन् ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि यी दुई टिमले शनिबार र सोमबार क्रमशः दोस्रो र तेस्रो खेल खेल्नेछन् ।

Advertisement