स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा मुक्तिराम श्रेष्ठ नियुक्त

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. मुक्तिराम श्रेष्ठले पाएका छन् ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

Advertisement

डा. श्रेष्ठ डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त भएका थिए । कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई हटाएर स्वास्थ्यमन्त्री बस्नेतले श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएका हुन् । 

श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।

Advertisement