एक दिवसीय क्रिकेटमा नेपालको जीत, क्यानडा ७ रनले पराजीत

Advertisement

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई पराजीत गरेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुर आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि ७ रनको जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमात्रै बनाउन सक्यो ।  

Advertisement

नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा सबै १० विकेट गुमाएर २२४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । त्यस्तै आरिफ शेखले ३८ रन र सोमपाल कामीले २७ रन बनाएका थिए ।  

Advertisement