ज्यान मार्ने धम्की दिई रु. ५ करोड फिरौती रकम माग गर्ने पुगे प्रहरीको नियन्त्रणमा

Advertisement

काठमाडौं । प्रहरीले ज्यान मार्ने धम्की दिई रु. ५ करोड फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा सिमलचौर डेरा गरी बस्ने पर्वतको खुर्कोट घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै आर्थर घर भएका ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् ।

पोखराको लामाचौर घर भई सच्चाई सेवा केन्द्रका संचालक तथा सच्चाई केन्द्रका अध्यक्ष प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत रु. ५ करोड रूपियाँ माग गरेको र उक्त रकम नदिएमा ज्यान मार्ने धम्की दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी
कार्यालय कास्कीबाट खटिएको प्रहरीले दर्जी र खत्रीलाई पक्राउ गरेको हो । 

Advertisement

उनीहरूको साथबाट अवैध लागूऔषध गाँजा पाँच सय ७२ ग्राम, भरूवा बन्दुकमा लाग्ने केप २७ थान, विभिन्न व्यक्तिहरुको नाम उल्लेख गरिएको पान्ना ८ थान, मोवाइल ४ थान, सिमकार्ड ९ थान, खुकुरी १ थान लगायतका सामान बरामद भएको प्रहरीको भनाई छ । क्षेत्रीउपर जिल्ला प्रहरी कार्यालय पर्वतबाट २०७९ सालमा हातहतियार तथा खरखजनासम्बन्धि मुद्दा चलेको तथा २०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट अभद्र व्यवहार सम्बन्धि मुद्दा चलेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर लागूऔषध गाँजा, हातहतियार तथा खरखजना तथा आपराधिक लाभ एक्सटर्सनसम्बन्धि मुद्दामा अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ । 

Advertisement