नागरिक लगानी कोषले कमायो ५४ करोड ६० लाख नाफा, तर घट्यो इपिएस

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नागरिक लगानी कोषको खुद नाफा ६.३८ प्रतिशतले बढेको छ । बढेपछिको नाफा ५४ करोड ६० लाख पुगेको छ । गत आवको सोही अवधिमा कोषले ५१ करोड ३२ लाख ३८ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

त्यसैगरी, यो अवधिमा ब्याज आम्दानी ८.०७ प्रतिशतले र सेवा तथा कमिसनबाट हुने आम्दानी १२.४२ प्रतिशतले बढेको छ । 

Advertisement

नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपियाँ रहेको छ भने जगेडा कोषको आकार ५९.१९ प्रतिशतले बढेर २४ अर्ब ४१ करोड ५४ लाख ९३ हजार रुपियाँ पुगेको छ । 

समीक्षा अवधिमा कुल लगानी २ खर्ब ३५ अर्ब ५ करोड ८ लाख रुपियाँ रहेको छ ।जसमध्ये सबैभन्दा धेरै मुद्दती निक्षेपमा १ खर्ब २४ अर्ब ९७ करोड ८० लाख रुपियाँ लगानी गरेको छ । 

त्यसैगरी, कोषको प्रतिशेयर आम्दानी २४.१५ रुपियाँबाट घटेर २०.५५ रुपियाँ, प्रतिशेयर नेटवर्थ १६५.०८ रुपियाँ रहेको छ । 

Advertisement