हाथवे इन्भेष्टमेन्टको आम्दानी घट्यो, खुद नाफा पनि ऋणात्मक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हाथवे इन्भेष्टमेन्ट कम्पनीको आम्दानी घटेको छ ।

गत आवको सोही अवधि ६ करोड ४९ लाख रुपियाँ आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने ३ करोड ३५ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.३५ प्रतिशतले कम हो । 

Advertisement

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि ऋणात्मक भएको छ। गत आवको सोही अवधिमा १ करोड १९ लाख रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ५९ लाख रुपियाँ नोक्सानी व्यहोरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेको छ ।

त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ८३.४ रुपियाँ रहेको छ ।

१ अर्ब १७ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपियाँ सञ्चित छ ।

Advertisement