४४.३८ प्रतिशतले घट्यो हिमालयन डिष्टिलरीको नाफा, प्रतिशेयर आम्दानी कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन डिष्टिलरीको खुद नाफा ४४.३८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा कम्पनीले १६ करोड ३६ लाख ५५ हजार रुपियाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४२ लाख ६३ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी २६.१५ प्रतिशतले घटेर ९५ करोड ५९ लाख ४५ हजार रुपियाँमा सीमित भएको छ । इन्धनलगायतका अन्य कच्चा पदार्थको उच्च मूल्यवृद्धिका कारण उत्पादन लागत बढ्दा नाफा घटेको कम्पनीले जनाएको छ । 

Advertisement

त्यसैगरी, चालू आवको दोस्रो त्रैमाससम्म चुक्ता पुँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार रुपियाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानीसमेत घटेको छ । गत आवको तुलनामा ९.७७ रुपियाँले घटेर १२.२५ रुपियाँ कायम भएको छ । साथै, प्रतिशेयर नेटवर्थ ११८.०२ रुपियाँ छ भने  । 

Advertisement