नायिका स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

Advertisement

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । 

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भनिन्, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ 

Advertisement

यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर खड्काले भनिन्, ‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउने छ ।’


 

Advertisement