रामग्राम लिज प्रकरणमा आफूहरुलाई ‘मुर्ख’ बनाउने प्रयास नगर्न लिङदेन चेतावनी

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले समग्र देशको परिस्थिति हेर्दा सामान्य स्थितिमा नभएको बताएका छन् । 

आइतबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा उनले राजनीतिक क्षेत्र र नेतृत्वमा रहेकाहरुमा सुधार आउनुपर्ने भए पनि सुधार हुन नसकेको बताउँदै सरकारको नेतृत्व गर्न पाएको मौका छोड्नु हुन्न भन्ने मानसिकता नेतृत्वमा हाबी भएको बताए । 

Advertisement

अवसर पाएको बेला अन्तिम भोज चलाऔं भन्ने उद्देश्यले रामग्राम लिजमा दिने सम्झौता भएको बताउँदै लिङदेनले रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता नियत खराब राखेर भएको बताए । तत्काल यो सम्झौता खारेज हुन आवश्यक रहेको उनले बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले उक्त क्षेत्र लिजमा दिने विवादास्पद निर्णय गरेका थिए । 

लिङदेनले सम्झौता पत्रको माथिल्लो मागबाहेक अन्य सबैतिर सम्झौता उल्लेख गरेर सांसदहरुलाई मूर्ख बनाउने काम गरिएको बताए । उनले सम्झौतामा पहिलो १० वर्ष १० प्रतिशत, ४० वर्षमा २० प्रतिशतले त्यो भन्दा माथि सबै ३० प्रतिशतका दरले आम्दानी बाँडफाड गर्ने सम्झौता गरिएको बताए । 

नेता लिङदेनले काँग्रेस, एमाले र माओवादीलाई खुशी बनाउने योग्य मान्छेलाई उपाध्यक्ष यो सरकारले यही बन्दोबस्त मिलाउन नियुक्त गरेको देखिएको बताए । उनले भने, ‘अहिले समग्र देशको परिस्थिति हेर्दा सामान्य स्थितिमा छैन् । राजनीतिक क्षेत्र र नेतृत्वमा रहेकाहरुमा जुन सुधार आउनुपर्ने हो, पाएको मौका छोड्नुहुन्न भन्ने मानसिकता हाबी भएको पाइन्छ । अवसर पाएको बेला अन्तिम भोज चलाउँऔं, पछि के हुन्छ हुन्छ ? भन्ने देखिन्छ ।’ 

लिङदेनले थपे, ‘सरकारले रामग्राम लिजमा दिनेकुरा अन्जानवस भएको गल्ति होइन । रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तुपा निर्माणको सम्बन्धमा सम्झौता नियत खराब राखेर गर्न लागिएको हो । सम्झौता पत्रको माथिल्लो माग बाहेक अन्य सबैतिर सम्झौता उल्लेख भएको छ । मन्त्री र उपाध्यक्षले सामान्य समझदारी हो भन्नुभएको छ । तत्काल खारेज गर्न सकिन्छ भन्नुभएको छ तर यहाँ आम्दानी समेत बाँडफाड गर्नुभएको छ । पहिलो १० वर्ष १० प्रतिशत,४० वर्षमा २० प्रतिशतले त्यो भन्दामाथि सबै ३० प्रतिशतका दरले आम्दानी बाँडफाड गर्ने सम्झौता गर्नुभएको छ । समितिमा ल्याएर संसदहरुलाई मूर्ख बनाउने काम गर्ने ? काँग्रेस, एमाले र माओवादीलाई खुशी बनाउने योग्य मान्छेलाई उपाध्यक्ष यो सरकारले किन नियुक्त गर्यो भनेको यही बन्दोबस्ता मिलाउन रहेको छ भर्खर देख्न पाइयो ।’

Advertisement