बीमाशुल्क आर्जन ८ प्रतिशतले बढेपछि  शिखर इन्स्योरेन्सको नाफा २५ करोड

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको खुद नाफा १९.१७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा २१ करोड ७ लाख १० हजार रुपियाँ खुद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा २५ करोड ११ लाख १२ हजार रुपियाँ नाफा कमाएको छ । 

त्यस्तै, खुद बीमाशुल्क आर्जन पनि बढेको छ । पुस मसान्तसम्म यस्तो बीमाशुल्क ८.०३ प्रतिशतले बढेर ५५ करोड १४ लाख १२ हजार रुपियाँ कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ५१ करोड ४ लाख २ हजार रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट २० करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ । 

चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपियाँ रहेको कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर आम्दानी १.१९ रुपियाँले बढेर १८.९२  रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९९.१५  रुपियाँ छ । 

Advertisement