एकैपटक ५० शाखा बन्द गर्न राष्ट्र बैंकले अस्वीकार गरेपछि एनआईसी एशियामा दिनभरि छलफल

Advertisement

काठमाडौं । आर्थिक संकटसँगै एकै पटक ५० वटा शाखा बन्द गर्न नेपाल राष्ट्र बैंकले अस्वीकार गरेपछि सो विषयमा आइतबार एनआईसी एशियको बैंकको सञ्चालक समितिले छलफल गरेको छ । 

बिहानबाट सुरु भएको बैठक अपरान्हसम्म चलेको थियो । कर्जा अशुलीमा जटिलता थपिएसँगै र सञ्चालन खर्च अधिक भएसँगै बैंकले एकै पटक ५० वटा शाखा बन्द गर्ने र भारी मात्रामा कर्मचारी कटौती गर्ने तयारी गरेको थियो । 

Advertisement

तर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शाखा बन्द गर्नेभन्दा पनि अन्य विकल्प खोज्न सुझाव दिँदै प्रस्ताव अस्वीकार गरेपछि आइतबार बैंकले आइतबार छलफल गरेको हो । बैठकले डेपुटी सीईओ सुधीर पाण्डेले दिएको राजीनामा अस्वीकृत गर्नुका साथै बैंकप्रति आम जनतामा भइरहेको नकारात्मक प्रभाव कसरी राक्ने ? भन्ने सम्वन्धमा छलफल भएको स्रोतले जानकारी दियो । 

आर्थिक समस्याका कारण ५० वटा शाखा बन्द गर्न लागेको समाचारपछि पछिल्ला दिनमा बैंकमा बचत झिक्ने रेसियो बढेपछि बैंकका सञ्चालक र व्यवस्थापकहरु सतर्क भएका हुन् । 

राष्ट्र बैंकका एक अधिकारी भागवत आचार्यले शाखाहरु बन्द गर्ने कुरा गभर्नर अधिकारीले नै अस्वीकार गर्नुभएको र कर्मचारीहरु कटौती गर्ने कुरा बैंकको आन्तरिक कुरा भएकाले त्यसमा राष्ट्र बैंकले हस्तक्षेप नगर्ने बताए । बैंकले विशेषगरी करार सेवाका कर्मचारीहरुलाई विस्तारै कटौती गर्दै लगेको छ । 

Advertisement

Advertisement