घाटा व्यहाेर्दै सोनापुर मिनिरल्स, प्रतिशेयर आम्दानी पनि ऋणात्मक

Advertisement

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ७८ लाख रुपियाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा २ करोड ६२ लाख रुपियाँ नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा भने नोक्सानी व्यहोरेको हो । 

पुससम्म कम्पनी १ करोड १४ लाख रुपियाँ सञ्चालन घाटामा छ । गत आवको सोही अवधिमा २५ करोड ७३ लाख रुपियाँ सञ्चालन नाफा आर्जन गरेको थियो । यस्तै, कम्पनीको आम्दानी १ अर्ब ७३ करोड रुपियाँबाट घटेर ७० करोड ५६ लाख रुपियाँमा सीमित भएको छ । यो गत आवको तुनलामा ५९.२१ प्रतिशतले कम हो । 

Advertisement

त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि ७७.०७ प्रतिशतले घटेर ९ करोड ५१ लाख रुपियाँ कायम भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४१ करोड ५० लाख रुपियाँ आम्दानी गरेको थियो । 

दोस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपियाँ र जगेडा कोषमा ६५ करोड ३३ लाख रुपियाँ जम्मा छ । प्रतिशेयर आम्दानी ९.६२ रुपियाँ (वार्षिक) ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७४.९८ रुपियाँ छ । 

Advertisement