चन्द्रागिरी हिल्सको खुद नाफा बढ्यो, अधिकांश सूचक सकारात्मक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चन्द्रागिरी हिल्स लिमिटेडको अधिकांश सूचक सकारात्मक देखिएका छन् । 

समीक्षा अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२.०७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड १४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

त्यस्तै, कम्पनीको सञ्चालन आम्दानी १२.०७ प्रतिशत र कुल आम्दानी ११.८६ प्रतिशत बढेको छ । साथै, कुल खर्च २६.४३ प्रतिशत बढेको कम्पनीको वित्तीय खर्च भने ४.८५ प्रतिशतले घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १.४८ पैसाले बढेर ८.१९ रुपियाँ, प्रतिशेयर नेटवर्थ ८९.९  रुपियाँ र मूल्य आम्दानी अनुपात १११.७९ गुणा रहेको छ ।

१ अर्ब ५३ करोड ४० लाख रुपियाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने १६ करोड ७३ लाख रुपियाँ ऋणात्मक छ ।

Advertisement

Advertisement