लाइसेन्समा भ्रष्टाचार भएको भन्दै  महानिर्देशक रिजाललाई अज्ञात समूहले दल्यो कालोमोसो

Advertisement

काठमाडौं । यातायात व्यावस्था विभागका महानिर्देशक उद्धव रिजालमाथि कालोमोसो दलिएको छ । सोमबार बिहान कार्यालय पस्ने क्रममा रिजालमाथि दुई जनाको समूहले कालो मोसो दलेको हो । 

अज्ञात समूहले कालोमोसो दलेर भागेको एक प्रत्यक्षदर्शीले कर्पोरेट नेपाललाई जानकारी दिए । रिजाल महानिर्देर्शक भएपछि विभागले लाइसेन्सको सिरियल नम्बर बदनियतपूर्ण तरिकाले डेढ करोडबाट बढाएर आठ करोड पुर्याएको र दोषीहरुलाई कारवाहीको सट्टा संरक्षण गर्ने प्रयास भइरहेको समाचार यसअघि कर्पोरेट नेपालले प्रकाशित गरेको थियो ।  

Advertisement

स्रोतका अनुसार सेटिङमा लाइसेन्स वितरण गर्न प्राविधिकको टोली मिलेमतोमा सिरियल नम्बर बढाएको प्रहरीको भनाई छ । यसरी बढेको सिरियल नम्बरबाट करिब २५ हजार नक्कली लाइसेन्स जारी भएको भेटिएको छ । 

लाइसेन्समा भ्रष्टाचार भएकोले नेत्रविक्रम चन्द नेतृत्व विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यसको जिम्मेवारी कसैले लिएको छैन् । कालोमोसो दल्नेहरुको खोजी भइरहेको प्रहरीको भनाई छ । 

Advertisement