विद्युत प्राधिकरणमा पाँचौं ट्रेड युनियन जन्मिने, ‘संस्था बचाउन’ होः शिवाकोटी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका विभिन्न राजनीतिक दलनिकट चार वटा ट्रड युनियन यसअघि नै क्रियाशील रहेको बेला पाँचौं युनियन पनि दर्ता गर्ने तयारी गरिएको छ । 

युनियन गठनको अभियानको नेतृत्व गरेका दिनेश शिवाकोटीले प्राधिकरण बचाउनका लागि ‘नेबिप्रा बचाउ स्वतन्त्र ट्रेड युनियन गठनको आवश्यकता परेको भन्दै श्रम ऐनअनुसार ट्रेड युनियन दर्ताका लागि व्यवसायिक प्रतिष्ठानमा कार्यरत कुल कार्यरत कर्मचारीको २५ प्रतिशत हस्ताक्षर संकलनको काम भइरहेको बताएका छन् । 

Advertisement

उनले प्राधिकरणभित्रको विकृति र विसंगतिको विरोध गर्दै संस्थालाई विधिसम्मत सञ्चालनका लागि वैधानिक आवाज उठाउन स्वतन्त्र युनियन चाहिएको बताउँदै यस अभियानमा सबै स्थायी र अस्थायी कर्मचारीले साथ दिने विश्वास व्यक्ति गरेका छन् । 

हाल प्राधिकरणमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कर्मचारी युनियन क्रियाशील छन् । 

undefined

Advertisement