सानिगाड हाइड्रोले आईपीओ निष्काशन गर्ने, शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

Advertisement

काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 
 
सानिगाडको प्रतिशेयर रु. १०० अंकित मूल्यमा ८५ लाख ५० हजार कित्ता शेयर बापत ८५ करोड ५० लाख रुपियाँ मूल्य बराबरको प्रत्याभूति कोषले गर्ने छ । 

Advertisement

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र शेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र शेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुने कोषले जनाएको छ । 

Advertisement

Advertisement