जेसिबीको एक्सक्लुसिभ रिटेलर अब भक्तपुरमा

Advertisement

काठमाडौं । एमएडब्लु अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रा लि नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।

कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । 

Advertisement

यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर भक्तपुर अटो पार्ट्स, भक्तपुरमा सञ्चालनमा ल्याएको छ । 

जसको उद्घाटन एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका सेल्स हेड प्रविन अधिकारी, भक्तपुर अटो पार्ट्सका प्रबन्ध निर्देशक रामेश्वर खाताखोे तथा भक्तपुरका स्थानीय ग्राहकमार्फत संयुक्त रुपमा गरिएको छ । 

यसको शुरुवातसँगै अब भक्तपुरका ग्राहकहरुले भक्तपुर अटो पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनेछन् ।

Advertisement