शेयर बजार उचालिंदा नेप्से २१ सय अंकमाथि, कारोबार रकम भने घट्यो

Advertisement

काठमाडौं । शेयर बजार आज उचालिएको छ । बजार उचालिएसँगै नेप्से पुनः २१ सय अंक माथि चढेको छ । बजार उचालिए पनि हिजोको तुलुनामा कारोबार रकम भने घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १५.३३ अंकले बजार बढेको हो । ०.७३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१०१.१६ अंकमा उक्लिएको छ । 

Advertisement

आज ३१४ कम्पनीका १ करोड १ लाख ८ हजार १ सय २२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८.४८ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार बढेसँगै बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुथेली बुखरी हाइड्रो, चिरख्वा हाइड्रो, बलेफी हाइड्रो, जोशी हाइड्रो, दोर्दीखोला, महुली लघुवित्त, गुराँस लघुवित्त र भिजन लुम्बिनी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९९, ९.९८, ९.२९, ८.५४, ८.१२, ८.१० र ७.७९ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै एनआईसी एशिया ग्रोथ फण्ड २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्तक कम्पनीको २३ करोड २ लाख ३५ हजार ४ सय ४९.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजनो आइतबार १०.५० अंकले बजार घट्दा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२.१६ रुपियाँ बराबरको कारोबार भएको थियो ।    
 

Advertisement

Advertisement