त्रिविका निमित्त उपकुलपति भुसाललाई तत्काल पदबाट बर्खास्त गर्न रास्वपाको माग

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को निमित्त उपकुलपति प्राड. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् । 

सोमवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले भुसाललाई सरकारले तत्काल पदबाट बर्खास्त गर्नुपर्ने तर्क गरेकी हुन् । 

Advertisement

निमित्त उपकुलपतिले भागबण्डा गर्ने हिसावले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै श्रेष्ठले त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने बताइ्न । भुसालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने उनको माग छ । 

श्रेष्ठले भनिन, ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन । त्यो कानूनसम्मत नै भएन । नम्बर वान त्यो हो क्या । तर कार्यबहाकले त्यस्तो भन्न पाउँदैन । त्यो चाहीँ कानूनसम्मत भएन । अहिलेको टियुको कार्यबहाकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसावले मैले जति सक्छु भागबण्डा गर्छु भन्ने ध्ययले काम गर्छ भने त्यो मान्छे टियुको भिसी हुन लायक भएन । उसलाई अहिले नै हटाउनु पनि पर्यो। त्यस्तो मान्छे पछि टियुको सर्टलिष्ट क्यान्डिेटबाट पनि हटनुपर्योक्या ।’

उनले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानूनसम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् । 

Advertisement

Advertisement