क्यानडाविरुद्ध आज पनि नेपालको जीत, श्रृंखला नै ‘क्लिन स्विप’

Advertisement

काठमाडौं । दुई ब्याटरले शतक पूरा गरेपछि नेपालले सोमवार क्यानडासँगको तेस्रो एक दिवसीयमा ९ विकेटको रबाफिलो जितसँगै तीन खेलको श्रृंखला क्लिन स्विप गरेको छ ।

कीर्तिपुरमा ओपनर अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रनको शतकीय इनिङ खेले । अनिल र भीमको शतकीय प्रेरणामा त्रिवी क्रिकेट मैदानमा क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ४४.३ ओभरमा नै पूरा ग¥यो । 

Advertisement

अनिल र भीमले नेपालका लागि दुई कीर्तिमान पनि बनाए । यी दुईले नेपालको तर्पmबाट दोस्रो विकेट र कुनैपनि विकेटका लागि अहिलेसम्मकै ठूलो (१८९ रन) साझेदारी गरे । यसअघि दोस्रो विकेटका लागि एक सय ३९ रन र कुनैपनि विकेटका लागि १७१ रनको कीर्तिमान साझेदारी थियो ।

यसअघि ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले जिम्बाब्बेमा गत जुन (विश्वकप छनोट) मा पहिलो विकेटका लागि एक सय ७१ रनको कीर्तिमानी साझेदारी बनाएका थिए । यो नै नेपालको कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो । जुन सोमवार भीम र अनिलले तोडे । 

दोस्रो विकेटका लागि भने ज्ञानेन्द्र मल्ल र आसिफले एक सय ३९ रनको कीर्तिमान साझेदारी गरेका थिए । अनिल र भीमले सोमवार नेपालका दुवै कीर्तिमान सुधार गरे । अनिलले १२४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

भीमले १२९ बलमा ११ चौका र एक छक्का हिर्काए । पहिलोपटक नेपालका लागि दुई ब्याटरले शतक बनाएका हुन् । त्यसअघि आक्रामक शुरुवात गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमायो । डिलन हेलिगरले कुशललाई बोल्ड गर्दै पहिलो विकेट दिलाए । ४.५ ओभरमा नेपाल ४५÷१ को अवस्थामा थियो । त्यसपछि अर्का ओपनर अनिल र भीमले अविजित साझेदारी गर्दै ३३ बल अगावै जित सुरक्षित गराए । अनिल म्यान अफ दी म्याचसमेत भए ।

क्यानडाका बलरले कुनैपनि समय नेपाली ब्याटरमाथि दबाब बनाउन सकेनन् र सहजै तेस्रो खेल गुमाउन पुग्यो । साहिद अहमदजाई, कप्तान साद र निखिल दत्तबाहेक अन्य बलर महँगा बने । नेपालका कप्तान रोहितकुमार पौडेल प्लेयर अफ दी सिरिज भए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेल्दै दुई सय ३३ रनको मध्यम लक्ष्य प्रश्तुत ग¥यो । नेपालले शुरुदेखि नै कसिलो बलिङ गर्दै खुलेर ब्याटिङ गर्न दिएन । ओपनर नवनित धलिवालको ५० रन नै क्यानडाको सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

तेस्रो ओभरमा नै ओपनर आरोन जोनसनलाई ४ रनमै गुमाउँदा पाहुना टोलीको शुरुवात राम्रो हुन सकेन । डेब्युटेन्ट हेमन्त धामीले आरोनलाई डेभ खनालद्वारा क्याच गराए । तर अर्का ओपनर धलिवालले दोस्रो विकेटका लागि श्रीमान्थ विजयारत्नेसँग ४८ रनको साझेदारी गर्दै इनिङ उकासे । 

अर्का युवा बलर आकाश चन्दले श्रीमान्थलाई २२ रनमा पभेलियन फर्काए । लगत्तै निकोलस किर्तन ३ रनमै आउट भए र क्यानडा दबाबमा प¥यो । उनी अलराउण्ड कुशल मल्लले आउट गरे । धलिवालले चौथो विकेटका लागि हर्ष ठाकरेसँग २७ रनको साझेदारी गराए ।

यो साझेदारीपछि क्यानडाले २७ औं ओभरमा सय रनको आँकडा पार ग¥यो । तर यसै ओभरमा ललितनारायण राजवंशीले धलिवाललाई आकाशद्वारा आउट गर्दै क्यानडालाई ठूलो झड्का दिए । धलिवालले ८२ बलमा पाँच चौका प्रहार गरे । त्यसपछि हर्ष र मध्य क्रमका निखिल दत्तबीच साझेदारी बन्यो । यो जोडीले पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गरे । 

तर, कुशलले नै हर्षलाई २९ रनमा आउट गरे । दत्तले एक छेउबाट समाले र छैटौं विकेटका लागि श्रेयस मोभ्भसँग ५४ रनको साझेदारी गरे । तर डेब्युटेन्ट हेमन्तले मोभ्भालाई २९ रनमा आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए ।

त्यसपछि सातौं विकेटका लागि दत्त र कप्तान साद बिन जफरबीच २७ रनको साझेदारी बन्यो । ४८औं ओभरमा दत्त ४५ रनमा रनआउट भए । उनले ६२ बलमा दुई चौका र एक छक्का प्रहार गरे । कप्तान साद ३१ रनमा नटआउट रहे र क्यानडाले सम्मानजनक योगफल बनायो । 

नेपालको बलिङमा डेब्युटेन्ट हेमन्तले तीन विकेट लिँदा कुशलले दुई तथा ललितनारायण र आकाशले समान एक विकेट निकाल्दै क्यानडालाई मध्यम योगफलमा रोके । जुन योगफल नेपालले ४५ औं ओभरमा नै पूरा ग¥यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ च्याम्पियन नेपाललाई ट्रफी प्रदान गरे । नान

Advertisement