भारतीय गाडीमा झण्डै दुई करोड नेपाली नक्कली नोट बरामद

Advertisement

काठमाडौं । सुनसरीको इनरुवाबाट दुई करोड बराबरको नेपाली नक्कली नोट फेला परेको छ । सुनसरी खोला पुल नजिकबाट भारत बिहारका २२ वर्षीय महम्मद शैयाद साफी एक करोड ८२ लाख एकाउन्न हजार रकमसहित पक्राउ परेका हुन् । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बीआर११एक्स३४२९ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा एक हजार दरका १८ हजार २ सय ५१ थान नक्कली नोट बरामद भएको सुनसरी प्रहरीले जनाएको छ । 

Advertisement

घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको सुनसरी प्रहरीले नक्कली नोटको कारोबारमा गिरोहकै संलग्नता रहेको हुनसक्ने आशंका जताएका छन् । इटहरीबाट समेत प्रहरीले यस अघि ठूलो परिमाणको नक्कली नोट बरामद गरेको र पुनः सोही प्रकृतिसँग मिल्दो घटनाक्रम दोहोरिएकाले कारोबारी समूहमा गिरोहकै संलग्नता हुनसक्ने प्रहरी उपरीक्षक विपिन रेग्मीको भनाई छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नक्कली नोटसहित पक्राउ परेका भारतीय नागरिक स्कारपियो चालक हुन् । प्रहरीसहितको चेकिङ देखेर स्कारपियोमा सवार अर्का व्यक्ति भने फरार भएको सुनसरी प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको जनाएको प्रहरीले नक्कली नोट कहाँबाट ल्याइएको भन्ने बारेको विषय भने अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

नक्कली नोटको ओसारपसारमा प्रयोग भएको गाडी र सवारी चालक भारतीय भएकाले कारोबारीको संलग्नता सीमापारीबाट समेत हुनसक्ने विषयलाई भने नकार्न नसकिने प्रहरीको भनाई छ । बरामद नक्कली नोट पुराना र नयाँ भण्डारण पश्चात झोलामा हालेर गन्तव्यमा पु¥याउन खोजिएको प्रहरीको भनाई छ । 

प्रहरीले उक्त नक्कली नोट इटहरीको बजारमा लैजान खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । पक्राउ परेका व्यक्तिको हकमा म्याद थप गरी थप अनुसन्धानको प्रकृया जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । नान

Advertisement

Advertisement