रिलायबल नेपाल लाइफको साधारण सभाबाट लाभांश पारित, २ जना सञ्चालक निर्वाचित

Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको  सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

उक्त सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

Advertisement

सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ । 

साथै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० सारमसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ साउन १ गतेबाट २०८० असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिएको छ । 

सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकीकृत वित्तीय विवरण छलफल पनि पारित भएको छ ।  

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकमा डा. भिष्म कार्की र दिवेश लोहनीलाई निर्विरोध निर्वाचित गरेको छ ।

Advertisement