टिभिएसको एक लाख सेलेब्रेसन ‘एनओजी राइड’ सम्पन्न

Advertisement

काठमाडौँ । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापुर्वक सम्पन्न गरेको छ ।

गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । उक्त एनओजी राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । 

Advertisement

साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो । साथै उक्त राइडमा स्कुटरहरु राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो । 

undefinedउक्त राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।  

प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेशनको बारेमा जानकारी दिइन्  भने मार्र्केटिङ डेप्युटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरुलाई स्वागत गर्नुभएको थियो । राइडको समापन १ लाख सेलेब्रेसनको केक काटेर गरिएको थियो । 

टिभिएस् एन्टर्क सन् २०१८ मा नेपालमा लन्च भएको थियो ।  
 

Advertisement